नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय ३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै अहिलेसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ रहेको छ ।

प्रदेश १ को झापामा २, पाँचथरमा २, भोजपुरमा १, मोरङमा १३, सोलुखुम्बुमा १ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ।प्रदेश २ को धनुषामा ३ र महोत्तरीमा १ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ९६, धादिङमा ४, नुवाकोटमा ५, भक्तपुरमा ११, मकवानपुरमा २, ललितपुरमा २६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासी पूर्वमा १०, पर्वतमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा १, बाँकेमा २, रुकुम पूर्वमा १ र रुपन्देहीमा १३ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ९ र कैलालीमा ४ जनामा कोरोना भेटिएको छ।

सम्बन्धित शिर्षकहरु