कतारस्थित नेपाली दूतावासको आग्रह,‘नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिनुस्’

काठमाडौं । नयाँ प्रकारको कोरोना भाइरस संक्रमण्को जोखिम उच्च रहेको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको हो । दूतावासाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु तोकिएको संख्याभन्दा बढी हुने गरी भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन भनेको छ ।

यस्तै विभिन्न पर्व उत्सवहरु मनाउँदासमेत स्थानीय नियम कानून तथा संस्कृती अनुरुप मर्यादित ढंगले तथा भीडभाड नगरी मनाउन पनि अनुरोध गरिएको छ । यद्यपि कतारमा कोरोना बिरुद्धको खोप भने सुरु भैसकेको छ । कतारमा हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

नयाँ प्रकारको कोरोनाको जोखिम बढ्ने भन्दै साउदी, कुवेत, ओमान लगायतका मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका छन् ।

सम्बन्धित शिर्षकहरु