बानेश्वरको एभरेष्ट होटेलका अध्यक्ष पक्राउ

काठमाडौँ ।  लागुऔषध मुद्धामा १९ बर्षदेखि फरार रहेका राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलका अध्यक्ष मसकुमार अहमद लारी पक्राउ परेका छन् । उनलाई प्रहरीले निवास महाराजगन्जबाट पक्राउ गरेको हो ।

२०५५ ताका जर्मनी पुगेको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्नता देखिएपछि अदालतले वारेन्ट जारी गरेको थियो । तर उनी पक्राउ परेको थिएनन् । महारजगन्जस्थित घरमा बस्दै आए पनि प्रहरीले नदेखेझै गर्दै आएको थियो । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु