पार्टी अध्यक्षसहितका मधेसी नेताहरू नेकपामा प्रवेश, को–को छन् ?

काठमाडौं,असोज १५ – राष्ट्रिय जनता पार्टी (राजपा) र राष्ट्रिय जनता दलका नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । राष्ट्रिय जनता दलका अध्यक्ष भरत शाह, राजपा सर्लाहीका जिल्ला अध्यक्ष नागेश्वर शाह लगायतका नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रमकाबीच नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

नेकपा प्रवेशपछि राष्ट्रिय जनता दलका पूर्वनेता शाहले मधेशी दलहरुले जनताका नाममा ठगको राजनीति गरेको आरोप लगाए । अर्का राजपा नेता शाहले पार्टीको केन्द्र र मधेशको दोहोरो नीतिका कारण आफूले पार्टी छाडेको बताए ।

सम्बन्धित शिर्षकहरु