काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी विस्तारसँगै पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ ।
पार्टीले हिजो काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको हो । सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरे । आज सातै प्रदेशमा कार्यकर्ता भेला गरिने भएको छ ।
प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए। सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो।
दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपाले तय गरेको छ।
मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
७८ मंसिरमा महाधिवेशन गर्नकै लागि बैठकले केन्द्रीय कमिटी विस्तार गरेको छ। केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ।
४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। अब केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय भएको छ। रिक्त १ सय ९६ सदस्य पछि थपिने छ। पार्टीले थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाइसकेको छ ।








