राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ ।

मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ ।

मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । निर्वाचित भएसँगै अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एशियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षकहरु