असोज ४ । काठमाडौँ, नेपालमा नयाँ संविधानको आगमनमा छिमेकी भारतले चिसो प्रतिक्रिया व्यक्त गरेको छ । उसले भारतका सीमावर्ती क्षेत्रमा हिंसात्मक प्रदर्शनहरू भइरहेकोमा चिन्ता जनाएको छ । आइतबार साँझ भारतीय विदेश मन्त्रालयले जारी गरेको ‘नेपालको पछिल्लो स्थितिबारे’ शिर्षकको आधिकारिक वक्तव्यमा नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत र नेपाली जनतालाई बधाई दिइएको छैन । ‘नेपालमा एउटा संविधान जारी भएकोबारे जानकार छौँ, भनी उल्लेख गरेर नेपालमा नयाँ संविधान जारी भएकोमा भारतले असन्तुष्टि जनाएको हो ।
भारतले तराई–मधेसमा जारी आन्दोलनप्रति भने चासो व्यक्त गरेको छ । ‘हाम्रो सीमा नजिकका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति हामी चिन्तित छौँ,’ वक्तव्यमा भनिएको छ । नेपालका लागिभ ारतीय राजदूत रञ्जित रेले तराईमा जारी हिंसात्मक घटनाप्रति प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गरेको वक्तव्यमा उल्लेख छ । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








