२७ दशमलव ३४ प्रतिशत मानिसले मास्क लगाउनै जान्दैनन :अनुसन्धान परिषद्

काठमाडौं ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाए अनुसार काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना हुन सकेको छैन ।

अनुसन्धान परिषद्को ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो ।

४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क लगाएका थिएनन् ।

मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए ।

मास्‍क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनले भने, नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ रहेको पाइएको छ ।’

तरकारी बजार, मल, बैंक, मालपोत, मठमन्दिर, होटलको अनुगमन गर्दा कमै स्थानमा मात्र भौतिक दुरी अर्थात २ मिटरको मार्किङ कमै स्थानमा मात्र गरिएको पाइएको छ ।

मार्किङ गरिएका स्थानहरुमा समेत ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ । साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतमा मात्र थियो’ उनले भने ।

निजी र सरकारी अस्पतालहरुमा ओपीडी, फार्मेसी र किटक काउन्टरमा भौतिक दुरीका लागि मार्किङ गरिएको भेटिएको । तर कुनै पनि अस्पतालको चमेना गृहमा मार्किङ छैन । २० प्रतिशत अस्पतालमा मात्र भौतिक दुरी कायम भएको थियो’ सदस्य सचिव ज्ञवालीले भने ।

यस्तै ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पङ्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको छ ।

अध्ययन प्रतिवेदनको निष्कर्ष सुनाउँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. ज्ञवालीले भने, ‘जनमानसमा जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’ प्रभावकारी ढंगबाट पालना भएको पाइएन । सार्वजनिक स्थलमा अनुगमन गर्न आवश्यक छ ।’

परिषद्ले यही साउन २१ र २२ गते दक्ष जनशक्ति खटाएर जनस्वास्थ्य मापदण्ड अर्थात् सामाजिक दुरी, मास्कको प्रयोग र साबुन तथा स्यानिटाइजरको प्रयोगबारेमा अध्ययन गरेको थियो । तरकारी बजार, सपिङ मल, अस्पताल, बैंक, मठमन्दिर, सार्वजनिक यातायात, मालपोत कार्यालयलगायतका ठाउँमा अवलोकन विधिबाट गरेको अध्ययनमा ६८ दशमलव ७५ प्रतिशत सार्वजनिक ठाउँमा व्यक्तिगत दुरी कायम नभएको पाइएको परिषद्ले जनाएको छ ।

यस्तै २० प्रतिशत अस्पतालमा मात्रै व्यक्तिगत दुरी कायम भएको तर कुनै पनि अस्पतालको क्यान्टीनमा दुरी कायम नभएको पाइएको छ । हात धुनको लागि पानी तथा स्यानिटाइजर झण्डै ६० प्रतिशत ठाउँमा व्यवस्था गरेको पाइएको छ ।

सार्वजनिक यातायातमा गरेको अध्ययनमा ५० प्रतिशतभन्दा कममा मात्रै एक सिट छाडेर यात्रु राख्ने, स्यानिटाइजर राख्ने जस्ता व्यवस्था गरेको पाइएको पनि सदस्य सचिव ज्ञवालीले बताए ।

सम्बन्धित शिर्षकहरु