उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएकाहरु काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३/३ जना रहेका मन्त्रालयले जनाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौंका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

शनिबार थपिएका सहित काठमाडौंमा संक्रमितको संख्या ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ पुगेको छ। हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षकहरु