बारको चुनावमा फर्जी मतदाता

barBuildingकाठमाडौं । नेपाल बारको शनिबार सम्पन्न निर्वाचनमा अर्कैको नाममा फर्जी भोट हाल्न मतदान केन्द्र पुगेको आरोपसहित कारबाहीको माग राखेर बार महासचिव सुनलिकुमार पोखरेलले आइतबार प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन् ।

पुनरावेदन अदालत पाटन बार एकाइको नक्कली परिचयपत्र बनाएर गुल्मी लिम्घा घर भई हाल काठमाडौं बस्ने सागर ज्ञवालीले सर्वोच्च अदातलको पछाडि रहेको सिंहदरबारतर्फको ३ नम्बर बुथमा फर्जी मत खसाउने प्रयास गरेको दाबी जाहेरीमा गरिएको छ ।

पाटन बारमा वामपन्थी निकट प्रगतिशील समूहको वर्चस्व छ । वास्तविक मतदाता रहेका अधिवक्ता शैलेशकुमार अर्यालको कानुनव्यवसायी प्रमाणपत्र ९८८५५ नम्बर० बनाएर ज्ञवालीले मत खसाउने दुस्प्रयास गरेको भन्दै जाहेरीमा कारबाही माग गरिएको हो ।

गुल्मी जिल्ला प्रशासनबाट जारी भएको नागरिकता प्रमाणपत्र नम्बर ४१३०५१ का आधारमा ज्ञवाली काठमाडौं महानगरपालिका बस्ने देवीदत्त उपाध्यायका छोरा रहेको जाहेरीमा उल्लेख छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु