डिसी । चर्चित लोकगायक प्रेमराजा महत र उनकी धर्मपत्नी कविता महतलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत दुत समेत रहेका महतले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराएका हुन ।
वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे पोस्ट गरेको स्टाटसमा होसियारी राख्दाराख्दै पनि दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकिएको उल्लेख गरेका छन ।
उनले हाल आफ्नै घरको एउटा-एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनका अनुसार छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।
महतले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन आग्रह गरेका छन ।








