काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि सो पद खाली रहेको थियो।
सीईओका लागि खुलाइएको आवेदनमा १२ जना इच्छुक देखिएका थिए।
१२ जनामध्ये ३ जनाको नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको थियो।
तीन जनामा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए।








