चार उपसमितिले अब गिट्टी बालुवासम्बन्धी समस्या अध्ययन गर्ने

भदौ २६ । काठमाडौँ,व्यवस्थापिका-संसद् अन्तर्गतको वातावरण संरक्षण समितिबाट आज गठन भएका चार उपसमितिले चुरे संरक्षणको सन्दर्भमा ढुङ्गा, बालुवा, गिट्टी, रोडा उत्खनन् तथा सङ्कलनका विषयमा अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिने भएको छ ।

समितिले लगातार दुईदिनको बैठकपछि चारवटा उपसमिति आज गठन गरेको हो ।

ती उपसमितिमा रहनेहरुको नामावली दलीय आधारमा तय हुने समितिका सभापति जनकराज चौधरीले जानकारी दिनुभयो ।

समितिको आज सम्पन्न बैठकमा वन तथा भू-संरक्षण मन्त्री महेश आचार्यले तराई, मधेश र चुरे क्षेत्रलाई समुदायमा आधारित भई सरकारले संरक्षण गर्ने नीति लिएको बताउनुभयो ।

उहाँले संरक्षण गर्ने उद्देश्यले ती क्षेत्रबाट ढुङ्गा, बालुवा, गिट्टी, रोडा उत्खनन् तथा सङ्कलनका कार्य बन्द गरिएको हो भन्नुभयो ।

बैठकमा राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनालले चुरे संरक्षणका लागि ती क्षेत्रका जनताको चाहनाअनुरुप समितिले काम गर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु