काठमाण्डौ उपत्यकाका ३१ जनामा कोरोना

काठमाण्डौ । पछिल्लो २४ घण्टा भित्रमा काठमाण्डौ उपत्यकामा मात्रै ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रौतहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ ।

देशभर आइतबार दुई सय ४६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ भने योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या पाँच हजार ६ सय ७२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोभिड-१९ बाट सङ्क्रमण मुक्त भइ पछिल्लो २४ घण्टामा एक सय ११ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म १४ हजार ६ सय तीन जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शिर्षकहरु