इलामका १७ जना सशस्त्र प्रहरीमा कोरोना भेटियो

काठमाण्डौ । विराटनगरमा रहेको प्रदेश प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार इलाममा १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उक्त्त प्रयोगशालामा ४० जनाको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ ।

बाँकी ४० जनाको स्वाब सङ्कलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए ।

सम्बन्धित शिर्षकहरु