पार्टी एकता टुटाउने र फुटाउने प्रवृतिहरुलाई परास्त गर्नुपर्छ :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकतालाई अझ मजबुत बनाउन बहस भइरहेको अवस्थामा टुटाउने र फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका छन ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रम मार्फत बोल्दै अध्यक्ष प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिलाई अगालिरहन नसकिने धारणा व्यक्त्त गरे ।

अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको परास्त गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त्त गरे । जनताको चाहना अनुसार पार्टी विभाजन हुन नदिने आफु सहित नेतृत्व पक्षको निर्णय भएको दावी गरे ।

“विभिन्न विचार, प्रवृति, र मुद्धाहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन” उनले भने, “तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने सचेत छौँ ।”
उनले बाहिर हल्ला भए जसरी पार्टीभित्र कुनै पद प्रान्तिका लागि विवाद नरहेको दावी गरे ।

अध्यक्ष प्रचण्डले अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट धेरै कुराको बलिदान गरेको बताए ।

उनले भने, “विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्दि्रत भएर हाम्रा छलफल चलिरहेका छन ।”

कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नुपर्ने र विचारलाई कसरी स्पष्ट पार्ने भन्ने इस्युहरुमा कसरी अगाडी बढ्दै जाने बिचार व्यक्त्त गरे

सम्बन्धित शिर्षकहरु