गुल्मी । जिल्लाको रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला) मा गएको पहिरोमा परि चार जनाको मृत्यु भएको छ ।
शुक्रबार गएको पहिरोमा परि एकै परिवारका चार जनाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।
पहिरोमा परेर बिना माझी,उनका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।
बिनाका श्रीमान राजु (बाेटे) माझी भने केही महिना पहिला जागिर गर्नको लागि भारतमा गएका थिए ।
इलाका प्रहरी कार्यालय रिडीका अनुसार प्रहरी टाेली घटनास्थल पुगेर उद्धार कार्य भइरहेको छ ।








