साउन २६ । काठमाडौँ, सीमाङ्नका विषयमा जन असन्तुष्टि बढेर आन्दोलन चर्किएपछि प्रमुख राजनीतिक दलहरूले जनताका नाममा अपिल गरेका छन् । कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिक फोरमले संयुक्त रूपमा अपिल गरेका हुन् ।
अपिल सुनाउँदै प्रधानमन्त्री सुशील कोइरालले सीमाङ्कनका विषयमा नमिलेका ठाउँमा सँच्च्याइने भन्दै संविधान निर्माणमा सहयोग पुर्याउन अनुरोध गरे । सीमाङ्कनमा देखिएको विवाद र जनभावनको उचित सम्बोधन हुने भन्दै उनले अविलम्व आन्दोलन रोकेर संविधान निर्माणमा सघाऊ पुर्याउन आग्रह समेत गरे ।








