पार्टीको अनुमति विपरीत काम गरेकोले सरकारले बदनाम कमायो :प्रचण्ड

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अनुमति विपरीत काम गरेको कारण अहिलेको सरकार बदनाम भएको बताएका छन ।

राजाधानीमा शुक्रबार अयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको सक्रियताले भएका असल कामको जस प्रधानमन्त्री तथा केपी शर्मा ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको जानकारी दिए ।

पार्टीका अर्का अध्यक्ष ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको उनको दाबी थियो ।

पार्टी भित्र अन्तर्विरोध बढ्दै गएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको प्रचण्डको भनाइ छ ।

पार्टीकै निर्देशन र पहलमा नेपालको नयाँ नक्सा जारी गरिएकोमा अध्यक्ष ओलीले आफैले मात्रै गरेको र अरुलाई दलाल भन्दै हिँडेको भन्दै प्रचण्ड आक्रोशित बने ।

प्रचण्डले ओलीले पार्टीको अनुमति विना आफुखुशि काम गरेकोले नेकपामा विवाद आएको ठोकुवा गरे ।

सम्बन्धित शिर्षकहरु