सिराहा । सिराहा नगरपालिका-१९ सोहरूवामा २० लाख रुपैयाँ नगद लिएर हिड्दै गरेका एक जना पुरुष पक्राउमा परेका छन ।
अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई समातेर सोधपुछ गर्दा उक्त्त रकमको स्रोत नखुलाएका कारण उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।
भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर जाँच गर्दा रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेर छानबिन भइरहेको छ ।








