नेपाल र बङ्गलादेशबीच सिधा बस सेवा सञ्चालन गर्न छलफल

Luxury-Bus-630x250काठमाडौँ, नेपाल र बङ्गलादेशबीच सिधा बस सेवा सञ्चालन गर्ने विषयमा गृहकार्य सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र बङ्गलादेशका यातायातमन्त्री ओबिदुल कादेरबीच सोमबार मन्त्रालयमा ढाका र काठमाडौँबीच सिधा बस सेवा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर प्रभात झाले जानकारी दिए ।

भुटान, बङ्गलादेश, भारत र नेपालमा सिधा बस सेवा सुरु गर्ने सम्बन्धमा दुई महिनाअघि भुटानको थिम्फुमा भएको सहमतिका आधारमा गृहकार्य गर्ने सहमति भएको उनले बताए । आइतबार नेपाल भ्रमणमा आएका मन्त्री कादेर भेटवार्ता सम्पन्न गरी सोमबारै स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ ।

सिधा बस सेवा सञ्चालनमा आएमा नेपालको पूर्वी जिल्लामा पर्यटन प्रवद्र्धन हुनाका साथै बङ्गलादेशमा पढ्न गएका नेपाली विद्यार्थीलाई फाइदा पुग्नेछ ।

सम्बन्धित शिर्षकहरु