सुनको मुल्य अहिलेसम्मकै उच्च,व्यावसायीहरु मर्कामा

काठमाडौं । केही हप्त्तादेखि बढिरहेको सुनको मुल्य अहिलेसम्मकै उच्चमा पुगेको छ ।

बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको जानकारी दिए ।

कोारेनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केहीसमय बढ्दो क्रममा हुने उनले बताए ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी चाँदीको मूल्य पनि बढेर १४ सय ५० रुपैयाँसम्म पुगेको छ ।

बढ्दो मूल्यले गर्दा उपभोक्ता घट्दै गएपछि सुन चाँदी व्यवशायीहरुले ठुलो मर्कामा रहेको महासचिव बज्राचार्यले बताए ।

सम्बन्धित शिर्षकहरु