सभा रोक्न एमाओवादी प्रस्ताव

ucpn-maoistभदौ २५ ।  काठमाडौँ,  संविधानको विधेयकमा दफाबार छलफल  गरी मतदान गर्न निर्धारित मितिको अघिल्लो दिन बिहीबार एमाओवादीले त्यसलाई स्थगित गरी आन्दोलनरत दलहरूसँग  वार्ता गर्न सत्ताधारी कांग्रेस  एमालेलाई दबाब दिन  निर्णय गरेपछि सम्पूर्ण प्रक्रिया अनिश्चित बन्न पुगेको छ ।

बिहीबार अपरान्ह बसेको एमओवादी केन्द्रीय पदाधिकारी बैठकले केही दिनको लागि मतदान सहित जारी प्रक्रिया रोकी आन्दोलनरत पक्षहरूसँग वार्ता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिने निर्णय गरेको छ ।

एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बिहीबार भने, ‘एमाओवादीका नेताहरूबीचको सहमति अनुसार भोली बस्ने तीन दलका शीर्ष नेताहरूको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यससम्बन्धि प्रस्ताव राख्नुहुनेछ ।’ संविधानको विधेयक २०७२ माथि संशोधन सहितको दफावार छलफल शुक्रबार सकिँदैछ । दफाबार छलफलको अन्त्यमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

डा. भट्टराईले भने, ‘मतदान प्रक्रियामा पुगेको संविधान अब कसैले चाँहदैमा रोकिँदैन तर आन्दोलनकारी शक्तिहरूको मागलाई सम्बोधन गर्नुपर्ने भएकाले दुईचार दिन रोक्नु ठूलो कुरा होइन । यस्तो कार्य संविधानसभामा विगतमा पनि भएकै हो । संविधान चाँडै जारी हुने गरी पार्टीले आन्दोलनकारी शक्तिहरूको माग सम्बोधन गर्नुपर्दछ ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु