मंसिर २२ । काठमाडौ,एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षा मन्त्रालयका कर्मचारी र गोल्डेनगेट कलेज सञ्चालकको मिलेमतोमा एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको दाबी गरेको छ ।
क्रान्तिकारीका बिध्यार्थीहरुले गोल्डेनगेट कलेजको सम्वन्धन खारेज गर्न माग गरेका छन ।क्रान्तिकारीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रश्नपत्र आउट गर्नेहरुलाई कडा कारवाही हुनु पर्ने तथा संस्थाको सम्वन्धन खारेज गर्न माग गरेको छ ।
क्रान्तिकारीले प्रश्नपत्र आउट गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको हो ।
प्रश्नपत्र बेच्ने र लाखौं करोडौं कुम्ल्याउने तथा परीक्षा किन्ने व्यक्ति वा संस्था जो भएपनि कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायलाई क्रान्तिकारीले अनुरोध गरेको छ ।
एमर्विविएस छात्रवृति परीक्षाको प्रश्नपत्र परीक्षा अगावै आउट गरी बेच्दै गरेको अवस्थामा आयोगले गोल्डेनगेट कलेजका लगानीकर्ता एवं निर्देशक देवीराम पाण्डे, कलेजकै अध्यापक हरिहर भनिने खेचरलाल सापकोटालगायत ७ जनालाई शनिवार पक्रेको घटनालाई लिएर
अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयका सचिव रुद्र विष्टले निकालेको विज्ञप्तिमा भनिएको छ । गोल्डेनगेट कलेजले सत्य तथ्य घटना छानबिनमा प्रभावित पार्ने र चोखिने उद्देश्यले पत्रपत्रिकामा विज्ञप्ति छपाएको भन्दै क्रान्तिकारीले आपत्ति जनाएको छ् ।








