अष्ट्रेलियाको जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम बारेमा अन्योलता

मेलबर्न। कोरोना भाइरस महामारीको प्रभाव अष्ट्रेलियाको माइग्रेसन प्रोग्राममा समेत देखिएको छ।

आर्थिक वर्षको सुरुवाती अर्थात जुलाई महिनाको पहिलो हप्तामा अष्ट्रेलियाका राज्यहरुले माइग्रेसन प्रोग्राम खुल्ला गर्ने तथा नयाँ जानकारीहरु र योजनाहरु अपडेट गर्ने गर्छन्।

यो वर्ष भने कोरोना भाइरस महामारीको प्रभावका कारण माइग्रेसन प्रोग्राम अपडेट आएको छैन। जसले गर्दा जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ने या नखुल्ने बारेमा अन्योलता छाएको छ।

धेरैजसो राज्यले ४९१ / १९० भिसा सबक्लासको लागि एप्लिकेसन बन्द गरिसकेका छन्। २०२०/२१ को लागि जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ला नहुने हल्ला समेत फैलिरहेको छ।

यसैबीच माइग्रेसन क्षेत्रका विज्ञले अक्टोबरसम्ममा माइग्रेसन प्रोग्राम खुल्न सक्ने सम्भावना रहेको बताएका छन्।

विज्ञका अनुसार, सामान्यतया : अष्ट्रेलिया सरकारले नयाँ आर्थिक वर्षको सुरुवातीमा सबै राज्यलाई कोटा प्रदान गर्ने गर्छ र सोही अनुसार ती राज्यहरुले आफ्नो माइग्रेसन प्रोग्राम अपडेट गर्ने गर्छन्। तर अहिले राज्यहरुले त्यो कोटा प्राप्त गरेका छैनन्।

अब अक्टोबरमा बजेट प्रस्तुत गर्दा राज्यहरुलाई कोटा प्रदान गरिने सम्भावना रहेको हुँदा अक्टोबरमा माइग्रेसन प्रोग्राम खुल्ला हुन सक्ने बताइएको छ।

Source : SBS News

सम्बन्धित शिर्षकहरु