पत्रकार त्रिपाठीलाई ‘मिडिया पर्सनालिटी’ अवार्ड

 niru

सिड्नी । अष्ट्रेलियामा क्रियाशील पत्रकार निरू त्रिपाठी मिडिया पर्सनालिटी अफ द इयर २०१५ बाट सम्मानित हुनुभएको छ ।

शनिबार अष्ट्रेलियाको सिड्नीमा आयोजित गैर आवसीय संघ (एनआरएनए) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय सम्मेलनमा त्रिपाठीलाई उपाधि दिइएको हो ।

आठ प्रतिस्पर्धीलाई पछि पार्दै त्रिपाठीले उक्त अवार्ड हात पार्नुभएको हो । उहाँ मेलबर्नबाट प्रकाशित हुने नेपाली टाइम्सकी सम्पादक रहनुभएको छ । हिमालयन कङ्गारु सहकर्मी समेत रहनुभएका त्रिपाठी नेपालका सेतोपाटी लगायतका अनलाइनहरुका लागि अष्ट्रेलियाबाट निमयित लेख्दै आउँनुभएको छ । Source:हिमालयन कङ्गारु

सम्बन्धित शिर्षकहरु