बिप्लबको ‘नेपाल बन्द’ घोषणामै सिमित, बन्दको प्रभाव छैन

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (बिप्लब)ले साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ । सार्वजनिक सवारी साधान सञ्चालनमा बन्दको प्रभाव नपरेको ट्राफिक प्रहरीले जनाएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेको भनिएको छ ।

तर काठमाडौँ उपत्यकामा बन्दको प्रभाव निकै कम रहेको ट्राफिक प्रहरीले जनाएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक गाडी चलिरहेको प्रहरीले जनाएको छ । सुरक्षाका लागि अरु दिन भन्दा धेरै प्रहरी खटाइएको छ । अहिलेसम्म कोही पक्राउ पनि परेका छैनन् ।

तर शैक्षिक संस्थामा भने बन्दको प्रभाव देखिएको छ । बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । काठमाडौँ उपत्यका बाहिर पनि बन्दको प्रभाव निकै कम देखिएको प्रहरीले जनाएको छ । भूमिगत राजनीति गरिरहेको पार्टीले अवैध क्रियाकलाप गरेको,चन्दा आतङ्क मच्चाएको, विभिन्न ठाउँमा विस्फोटन गराएको भन्दै सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

प्रहरीले पार्टीको आर्थिक विभाग प्रमुखसमेत रहेका प्रकान्डलाई ८ करोडभन्दा बढी चन्दा असुलीको आरोपमा गत साता पक्राउ गरेको थियो ।पार्टीको १३ सदस्यीय पोलिटब्युरो समितिका पाँच जना अहिले हिरासतमा छन् । तीमध्ये रणवीर भनिने भरत बम  छुटेका छन्। पार्टी प्रमुख विप्लवसहित माथिल्लोस्तरका नेता भने भूमिगत छन् ।

आफ्ना नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेता, कार्यकर्तालाई अबैध चन्दा उठाएको आरोप लगाउँदै गिरफ्तारी गरेको विरोधमा नेकपाले आन्दोलनको घोषणा गरेको हो । नेकपाले विना कारण गिरफ्तार गरेको आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ । आफ्नो नेता कार्यकर्तालाई सरकारले रिहाई नगरे अझ कडा आन्दोलनमा उत्रने नेकपाले चेतावनी दिएको छ ।

सम्बन्धित शिर्षकहरु