अझै केही दिन सम्म बर्षा भइरहने मौसम विदहरुको भनाई

काठमाडौं । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनका कारण देशभर भइरहेको बर्षा अझै दुई दिन सम्म जारी रहने मौसम विदहरुले बताएका छन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूर प्रदेशसम्म मनसुन फैलिएकोले अझै दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने छ ।
जेठ अन्तिम सातादेखि सुरु भएको बर्षा देशका विभिन्न स्थानमा बाढि र पहिरोसमेत आएको छ ।

मौसमविद मिन कुमार अर्यालले मनसुनी हावा प्रशस्त चलिरहेकोले अझै कम्तीमा दुई तीन सम्म वर्षा भइरहने छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । वर्षासँगै विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ४० मिलिमिटर वर्षा भएको छ । यसैगरी दाङमा ३९.७ र बाँकेमा ३३ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ ।

काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो छ । मनोहरा नदी बालकुमारीमा जलसतह २ मिटरभन्दा धेरै बढेको छ । मनोहरा, हनुमन्ते लगायत केही ससाना नदीको पानी नदी किनारको सडक र बस्तीमा जान सक्ने उच्च सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु