अस्ट्रेलियन राज्य भिक्टोरियामा फेरि ‘आपतकालको अवस्था’ लम्ब्याइयो

अस्ट्रेलियन । अस्ट्रेलियन राज्य भिक्टोरियामा फेरि ‘आपतकालको अवस्था’ लम्ब्याइएको छ । भिक्टोरियामा कोरोना संक्रमितको संख्या एकैदिनमा एक महिनामा देखिएका भन्दा बढी पुगेपछि चार साताका लागि आपतकाल लम्ब्याएर १९ जुलाईसम्म पुर्‍याइएको छ ।

स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवतजावतमा कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

अस्ट्रेलियाका चिकित्सा कार्यकारी प्रमुख डा. निक कोट्सवर्थले भने, “भिक्टोरियामा कोरोना प्रकोप समदायस्तरमा फैलिएकोले तत्कालै जानकारी भएको छ । हामीले प्रकोपलाई नियन्त्रणमा लिनका लागि सामाजिक दूरीसहितको प्रावधानको पालना गर्नुपर्छ ।”

राज्यका प्रमुखले परिवारबाट परिवारमा संक्रमण फैलिँदा संक्रमितको संख्या बढी भएको बताएका छन् ।

शनिबार राज्य सरकारले लकडाउनका प्रावधानहरु तत्कालै खुला नहुने र सामाजिक दूरीलगायतका प्रतिबन्दहरु थप गरिने जनाएको थियो । त्यसैगरी मानिसहरुको जम्मा हुने संख्या पनि सीमित गर्ने बताइएको छ ।

अस्ट्रेलियामा अहिले कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ४६१ पुगेको छ भने १०२ जनाको मृत्यु भएको छ । – बीबीसी

सम्बन्धित शिर्षकहरु