महत्वपूर्ण र सफल जीवन जिउनका लागि महात्मा गान्धीका महत्वपूर्ण भनाइ

काठमाडौं । मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को जन्म २ अक्टोबर १८६९ तथा मृत्यु ३० जनवरी १९४८मा भएको हो । उनी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् ।

बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।

अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रह-व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ ।

३० जनवरी १९४८ मा महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) लाई नाथुराम गोड्सेले नयाँ दिल्लीस्थित बिड्ला हाउसको मैदानमा गोली हानी हत्या गरेका थिए । उनीमाथि भारत विभाजन (पाकिस्तान निर्माण) हुन दिएर भारतलाई कमजोर बनाएको आरोप लगाइएको थियो ।

भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख राजनीतिक र आध्यात्मिक नेता महात्मा गान्धीलाई विश्वले अहिंसावादी नेताका रुपमा चिन्छ । उनलाई भारत सरकारले ‘राष्ट्रपिता’ को सम्मान दिएको छ । जनजिब्रोमा उनी बापु (बुवा) का नामले प्रसिद्ध छन् ।

२ अक्टोबर १८६९ मा भारतको पोरबन्दरमा जन्मिएका गान्धीका आदर्श, विश्वास र दर्शनबाट उदभूत विचारहरुको समष्टिलाई गान्धीबादका रुपमा ब्याख्या गरिन्छ । कुनै पनि व्यक्तिलाई जब गान्धीबादी भनिन्छ त्यसको अर्थ हुन्छ महात्मा गान्धीद्वारा स्थापित मूल्य र आदर्शको अनुपालन गर्ने व्यक्ति । तर, गान्धी आफैं भने ‘गान्धीवाद’ भन्ने कुनै त्यस्तो कुरा नभएको बताउँथे ।

उनी भन्थे, “मैले कुनै नयाँ सिद्धान्त प्रतिपादन गरेको दाबी गर्दैन, म सदैव हाम्रो दैनिक जीवनमा सर्वकालिक सत्यलाई लागु गर्ने प्रयासमा रहन्छु… मैले बनाएका विचारहरु र मेरा निष्कर्षहरु अन्तिम होइनन् ।

म तिनलाई भोली नै परिवर्तन गर्न सक्छु । विश्वलाई सिकाउन मसँग नयाँ केही छैन । सत्य र अहिंसा भने पहाड जत्तिकै अटल र पूराना हुन् ।” उनको भनाईले स्पष्ट हुन्छ उनी नयाँ कुरा जान्न र त्यसअनुसार आफ्ना विचारहरु परिमार्जन गर्न सदैव तयार रहन्थे तथा अहिंसा र सत्यप्रति भने उनको अटल विश्वास थियो ।

गान्धीले बेलायतमा कानूनको अध्ययनपश्चात दक्षिण अफ्रिकामा अभ्यास पनि गरेका थिए । त्यहाँ अंग्रेजहरुले स्थानीयमाथि गरेको शोषण देखेपछि उनीभित्र विश्वमै जनअधिकार, अहिंसा र स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने विचारले जरो गाडेको थियो ।

उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् । उनकै केहि प्रसिद्द भनाईहरु यसप्रकार छन् :

१. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान चित्र कोरिएको छैन ।

२. जब झुसिलकिराले अब संसार सकिदैछ भन्ने सोच्छ, तब ऊ शुन्दर पुतलीमा फेरिन्छ ।

३. तिम्रो समस्या खासमा त्यो समस्या होइन, त्यसप्रती तिमीले कस्तो प्रतिक्रिया देखाउछौ त्यो नै खास समस्या हो ।

४. हामी सबैथोक (everything) गर्न नसकौला तर कुनैपनी (anything) काम गर्न सक्छौ ।

५. आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार ।

६. हामीले कुर्यों भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउनका लागि भने आफै बाहिर निस्कनुपर्छ ।

७. यदी सफलतम् जीवन जिउनु छ भने हामीले असफलताको भयलाई त्याग्नु पर्दछ ।

सम्बन्धित शिर्षकहरु