दुवैमा रहेका १५७ जना नेपाली काठमाण्डौ आइपुगे

काठमाडौं ।नेपालमा लकडाउन सुरु भएदेखि नै दुवैमा अलपत्र परेका नेपालीहरु शुक्रबार एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमानबाट स्वदेश आइपुगेका छन ।सारजाह विमानस्थलबाट १५७ जना नेपाली लिएर आएको एयर अरेविया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोभिड–१९ भाइरसको संकटको कारण दुवैदेश लकडाउनमा भएकाले उनिहरु दुवैमा अड्किएर रहन वाध्य भएका थिए ।

टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना, इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका हुन ।

उनिहरुको स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राखिने तयारी भैरहेको छ ।

यूएईबाट फर्कने तयारीमा रहेका झन्डै १८ हजार नेपालीको अर्को उडान कहिले हुन्छ भन्ने निश्चित भइसकेको छैन ।

त्यसैगरी शुक्रबार म्यानमारबाट पनि २६ जना नेपाली म्यानमारको सेनाको विशेष विमान स्ठलमार्फत काठमाडौं आएको छन । अहिले उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने गरी पठाउन लगिएको छ ।

सम्बन्धित शिर्षकहरु