सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या एक हजार आठ सय नाघ्यो

वैशाख १८ ।मेलम्ची,सिन्धुपाल्चोक जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङख्या एक हजार ८२० पुगेको छ भने हजारौँ घाइते भएका छन् ।घाइतेमध्ये ६१४ लाई उपचारका लागि राजधानी ल्याएको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उपसचिव तहका कर्मचारी संयोजक हुनेगरी राजनीतिक दलसमेत सम्मिलित समन्वय समिति गठन गरेर उद्धारको काम भएको छ । मेलम्ची, बाह्रबिसे, तातोपानीलगायत विभिन्न क्षेत्रमा उद्धार कार्य गरिरहेका छौँ ।
खनालले अझै सानो सिरुवारी, स्याउले, केराबारी र अन्य विभिन्न स्थानमा उद्धार कार्य जारी रहेको बताउनुभयो । पीडितले राहत नपाएको भन्दै कोदारी राजमार्गको साँगा, हर्रे र बन्देउमा राहत सामग्री ल्याउन अवरोधसमेत गरेका छन् ।

सम्बन्धित शिर्षकहरु