भदौ ४, काठमाडौं । उत्तर कोरियाको साताव्यापी भ्रमणका क्रममा नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोंग उनसँग भेटवार्ता गरी परमाणु आक्रमण भन्दा वार्ता र शान्तिमा जोड दिन आग्रह गरेका छन् ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग हिजो संक्षिप्त कुराकानीमा उनले एसियाली देशका सांसदहरुको सम्मेलनका क्रममा प्यायोङमा किमसँग भेट भएको जानकारी गराए । भेटमा कोरीयाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्यका लागि वार्ता र शान्तिको बाटो अपनाउन सुझाव दिएको नेता नेपालले बताए ।
उनले शस्त्र न्यूनीकरणका विषयमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचमा देखिएको तनावलाई कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न पनि अाग्रह गरेका छन् ।








