
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । विवादरहित रुपमा सरकार गठन गर्न सफल ओली सरकार नयाँ ‘आशलाग्दो’ अनुहारहरु देखिएका छन् ।
प्रधानमन्त्री बने लगतै आफ्नो सरकारका मन्त्रीहरु विवादमा नरहेका र नागरिकबीच स्वच्छ छवी बनाएकाहरु रहने दावी गर्दै आएका प्रधानमन्त्री ओलीको सरकारमा विगतका कामले नागरिकको मन जितेका र नयाँ मन्त्रीहरु समेत केहि गरौं भन्ने इच्छाशक्ति भएकाहरुको वाहुल्यता देखिएका कारण ओलीलाई काम गर्न सहज देखिएको राजनीतिक क्षेत्रका जानकार बताउँछन् ।
पार्टी एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सरकार गठनदेखि नै राम्रो तालमेल मिलेको देखिन्छ ।
यी हुन् ओलीका सारथी
एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएका छन् । एमालेले ६ र माओवादीले ५ जनाको नाम टुंग्याएको हो ।
एमालेबाट मन्त्री हुनेहरुमा
प्रदिप ज्ञवाली –परराष्ट्र मन्त्रालय
गोकर्ण विष्ट– श्रम तथा रोजगार मन्त्रालय
रविन्द अधिकारी – पर्यटन मन्त्रालय
रघुवीर महासेठ –भौतिक पुर्वाधार मन्त्रालय
शेरबहादुर तामाङ – कानुन मन्त्रालय मन्त्रालय
जगत विश्वकर्मा –युवा तथा खेलकुद मन्त्रालय
लालबाबु पण्डित –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री
माओवादीबाट मन्त्री हुनेहरुमा
वर्षमान पुन अनन्त –उर्जा तथा जलस्रोत मन्त्रालय
गिरिराजमणि पोखरेल –शिक्षा मन्त्रालय
शक्ति बस्नेत –वन मन्त्रालय
चक्रपाणि खनाल –कृषि तथा शहकारी मन्त्रालय
विना मगर –खानेपानी मन्त्रालय







