काठमाडौं । धेरै अनुयायीहरू भएका धर्मगुरु हुन् सत्य साई । बास्तबिक नाम सत्यनारायण राजु रहेका उनी मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारका सन्तान थिए । उनको जन्म सन् १९२६ नोभेम्बर २३ मा भएको थियो। उनी परिवारका कान्छा छोरा थिए ।
धार्मिक तथा अध्यात्मिक क्षेत्रमा लागेका मानिसहरुले धेरै उद्गारहरु भनेका छन् । जुन सामान्य दैनिकी बिताउने मानिसका लागि प्रेरक बन्छ ।
सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाईहरु राखेका छन् जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।
– तपाईंलाई कसैले गाली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु ।
– प्रेमको अर्को रूप भनेको सेवा हो ।
– किराले अन्नलाई जसरी नष्ट गर्छ, कपटले त्यसैगरी मानिसलाई नष्ट गर्दछ ।
– बोलीको प्रहारबाट हुने घाउ वाणको घाउ भन्दा चर्को हुन्छ ।
– तपाईं मानवको सेवा गर्नुस् त्यो नै भगवानको सेवा हो ।
– भगवान खोज्न अन्त नजानुस् तपाईं आफैभित्र भगवान पाउनुहुन्छ ।
– आफूमात्र जान्ने नबन्नुस् अरुको विचार र दृष्टिकोणलाई पनि आदर गर्नुहोस् ।
– तपाईं अरुबाट कहिल्यै पनि प्रतिष्ठा र आदर पाउने इच्छा नराख्नु ।
– केही बोलनु र गर्नुपूर्व एकछिन सोच्नुस्, त्यसो गरेमा गल्ती हुँदैन ।








