नेपालको कृतिम नक्सा अमान्य :प्रवक्ता श्रीवास्त

काठमान्डौ, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले भर्खरै जारी गरेको राजनीतिक नक्सा आफुहरुलाई मान्य नभएको बताएका छन ।
प्रवक्ता श्रीवास्तवले बुधबार नेपालको नँया नक्सालाई कृतिम नसा भन्दै विरोध गरेका हुन। उनले यसरी आँफै एकलौटी रुपले नक्सा जारी गरेर भुभाग दावी गर्न नपाईने बताएका हुन ।

प्रवक्ता श्रीवास्तवले भनेका छन् “नेपालले आधिकारीक नक्सालाई परिवर्तन गरेर सार्वजनिक गरेको छ जसमा भारतीय भूभाग पनि समावेश गरिएको छ। “

उनले नेपाललाई पुष्टि नुहने कार्टाग्राफिक (झुठो) दाबीबाट बच्न आग्रह गर्दै नेपालले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताएका छन्।

उनले नेपालको एकतर्फी निर्णय ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको उनको भनाई छ। उनले नेपालले नयाँ नक्सा सार्वजनिक गरेर कुटनीतिक माध्यमबाट विवादित सीमा क्षेत्रको समाधान खोज्ने दुई पक्षीय समझदारीलाई उल्लंघन गरेको जनाएका छन्। उनले नेपाल यस विषयमा भारतको पोजिसनको बारेमा राम्रोसँग जानकार रहेको बताएका छन्।

उनले दुवै पक्षद्वारा कुटनीतिक सम्वादको माध्यमबाट टुंग्याउने वातावरण सिर्जना हुने विश्वास समेत व्यक्त गरेका छन्।

सम्बन्धित शिर्षकहरु