असार २९, काठमाडौं । बिजुली वितरण प्रणालीलाई आधुनिकीकरण गर्न नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा राजधानीको नयाँवानेश्वरस्थित सवस्टेशनमा परीक्षणको रुपमा आधुनिकीकरणको काम सुरू गरेको छ । यससँगै राजधानीका विभिन्न स्थानमा तीन दिन साढे चार घन्टा बिजुली नआउने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसन अटोमेसन सिस्टमसम्बन्धी काम गर्नु पर्ने भएकाले आउने शनिबार, आइतबार र सोमबार तीन दिन बत्ती कटौती गर्न लागिएको हो ।
असार ३१ गते बागमती र धोबीखोला क्षेत्रमा बिहान ८ बजेदेखि साढे १२ बजेसम्म, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र शंखमुल क्षेत्रमा दिउँसो साढे १ बजेदेखि ६ बजेसम्म बिजुली आउने छैन भने साउन १ गते बानेश्वर र कोटेश्वर क्षेत्रमा दिउँसो साढे १ बजेदेखि ६ बजेसम्म बिजुली जानेछ । यसैगरी साउन २ गते इमाडोल क्षेत्रमा बिहान ८ बजेदेखि साढे १२ बजेसम्म बिजुली कटाैती गर्न लागीएको छ ।








