मेघगर्जन सहित हावाहुरी/चट्याङसहित वर्षाको सम्भावना, कुन-कुन क्षेत्रमा?

काठमाडौं । आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेकाे माैसमविद्ले बताएका छन्।

मौसम पूर्वानमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका सबै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिम पहाडमा पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ।

‘पश्चिम पहाडमा मध्याह्नपछि वर्षा हुने देखिन्छ भने केही स्थानमा त अहिले नै वर्षा सुरु भइसकेको छ,’ शुक्रबार बिहान मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पानी पर्न सुरु भइसकेको छ भने पूर्वका पनि केही ठाउँमा वर्षा भइरहेको छ।’

प्रिमनसुन भएकाले वर्षाका साथमा हावाहुरी, चट्याङको पनि उत्तिकै सम्भावना रहने मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले गरेकाे तीन दिनको मौसम पूर्वानुमान

जेठ २ गते (शुक्रबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागसहित मध्य क्षेत्रको तराइ भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थान तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशको पूर्वी भू-भाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ४ गते (आइतबार)

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मध्याह्नपछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपराह्नपछि एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली र पूर्वी तराई तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

सम्बन्धित शिर्षकहरु