काठमाडौं । अविरल वर्षाका कारण पहाडी भेगमा भइरहेको बाढीको प्रकोप अहिले भक्त्तपुर जिल्लामा पनि सुरु भएको छ ।
हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेर घरहरु डुवानमा परेको प्रहरीले जनाएको छ ।
हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको बाराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराका अनुसार हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ ।
बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आइसकेको गोराले ।
राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताए ।
वडा १ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ भने अहिले दुई तीन घरमा पानी पसेको छ । बाढीले धानबाली नष्ट गरे पनि आफ्नो वडाको बस्तीमा बाढी नपसेको उनले बताए ।








