अंशु अस्पतालबाट फर्केपछि बाग्लुङ पनि संक्रमणमुक्त

काठमाडौं । बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्। चैत १५ गतेदेखि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत अंशुको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । बागलुङ नगरपालिका(४ कुँडुलेकी सापकोटाको पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको थियो।

पोखरामा गरिएको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पताले जनाएको छ ।
चैत ४ गते कतार एयरवेज मार्फत बेल्जियमबाट नेपाल आएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचाररत थिईन् ।

२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन्।

सम्बन्धित शिर्षकहरु