विद्यालयमै संस्कृत शिक्षा

राजन भारद्वाज

बालबालिकालाई विद्यालयमै संस्कृत पढाउने सुवर्ण अवसर शैक्षिक सत्र २०७७ वैशाखदेखि विद्यालय तह कक्षा १-१२ मा परिवर्तित नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु हुँदैछ । अब देखि कक्षा १-८ मा एउटा विषय एेच्छिक रहने र त्यसमा मातृभाषा (नेपाली र अङ्ग्रेजीबाहेक) वा स्थानीय विषय वा संस्कृत भाषा पढाउने व्यवस्था छ । स्थानीय विषयमा स्थानीय तहबाट पाठ्यक्रम र पाठ्यपुस्तक बनाई लागु गर्ने वा पाठ्यक्रम विकास केन्द्रबाट विकास भएका पाठ्यक्रम पाठ्यपुस्तक लागु गर्न सक्ने छन् ।
अत: याे अवस्थालाई मध्यनजर गरी कक्षा १-८ काे लागि संस्कृत भाषा विषयकाे पाठ्यक्रम तयार गरी कक्षा १ काे लागि रङ्गीन पाठ्यपुस्तक तयार भैरहेकाे छ । वैशाखकाे दाेस्राे हप्तासम्म पुस्तक प्राप्त गर्न सकिने हुँदा अाअाफ्नाे सम्पर्कबाट संस्कृत भाषा पठनपाठनका लागि स्थानीय तह, विद्यालयहरुलाई सुसूचित गर्न र सन्देश सम्प्रेषण गरी संस्कृत पठनपाठनलाई व्यापक बनाउन सबैकाे सहयाेगकाे अपेक्षा र अनुराेध छ । याे सबै किसिमका सामुदायिक तथा संस्थागत विद्यालयका लागि हाे । याे क्रमश: ८ कक्षासम्म २०८० सालसम्ममा लागु हुनेछ ।
संस्कृत शिक्षकहरु प्राप्यताकाे अवस्थासमेत मध्यनजर गरी संस्कृत – नेपाली र अङ्ग्रेजी भाषामा शब्दार्थ राखी, निर्देशन नेपालीमा दिएर पुस्तक तयार पारिएकाे हुँदा अझ बढी सान्दर्भिक छ ।

सम्बन्धित शिर्षकहरु