काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएको बताए ।
नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।
यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारर भइरहेको छ। त्यसअघि कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए।








