भारतको फेरि नाकाबन्दी !

Birgunjफागुन १६ । काठमाडौं, नाकाबन्दी खुले पनि भारतबाट अझै सहज रूपमा इन्धन आपूर्ति हुनसकेको छैन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज रूपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत साबित भएको छ ।

इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग भरपर्दो वार्ता गर्न सरकार असफल भएकाले उपभोक्ता अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन् । सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कम मात्रै इन्धन भित्राउन सकेको छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ नआएको भन्दै आपूर्ति परिमाण बढाउन आनाकानी गरिरहेको बताए । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल ११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग छ । सामान्य अवस्थामा यो मागको झन्डै ६६ प्रतिशत रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो ।

निगमले इन्धन वितरण प्रणाली सहज बनाउन रक्सौल डिपोबाट दैनिक सात लाख लिटर पेट्रोल र १५ लाख लिटर डिजेल माग गरेको थियो । त्यसमध्ये आईओसीले औसतमा पाँच लाख ५० हजार लिटर पेट्रोल र १० लाख ५० हजार लिटर डिजेल उपलब्ध गराएको छ ।

आईओसीले पेट्रोल र डिजेलमा जस्तै बहाना ग्यासमा पनि बनाएको छ । आईओसीले मागको ४० प्रतिशत ग्यास आयात हुने बरौनी डिपोबाट गत सोमबारदेखि आपूर्ति बन्द गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बरौनी डिपोमा अहिले सयभन्दा बढी बुलेट लोडका लागि लाममा बसेका छन् । समाचार आजको अन्नपूर्ण पोष्टमा छ।

सम्बन्धित शिर्षकहरु