नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका युवा

काठमाडौ । नेपालमा कोरोनाबाट संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका पुष्टि भएको छ।

अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ ।

आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो। हालसालै नेपाल फर्किएका भएपनि देश भने खुलेको छैन।

सम्बन्धित शिर्षकहरु