लाइसेन्स विना अब पत्रकारले जागिर नपाउने, बिधेयकबाट दण्ड र सजाय हट्यो

काठमाडौं । दण्ड र सजायको ब्यवस्था हटाउँदै राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । यसअघि प्रस्ताव गरिएको दण्ड र सजायको ब्यवस्था सरकारकै सहमतिमा हटाइएको हो । सोमबार बसेको बैठकले सहमतिमै विधेयक टुंग्याएको हो।

मिडिया काउन्सिल विधेयक पारित भएपछि अब नयाँ पत्रकारले लाइसेन्स लिनुपर्नेछ । लाइसेन्स परीक्षा पास भएपछि मात्र बाइलाइन समाचार लेख्न पाउने ब्यवस्था गरिएको छ । तर यो नियम नयाँ पत्रकारका हकमा मात्र लागू हुनेछ ।

विधेयकमा पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुने उल्लेख गरिएको छ ।

हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारहरूको हकमा यो व्यवस्था लागू हुने छैन । लाइसेन्स विनाको पत्रकारले अब जागिर पाउने छैनन् । सञ्चारमाध्यमले पनि लाइसेन्स नभएका पत्रकारलाई पनि जागिर दिन नपाउने भएको छ ।

सम्बन्धित शिर्षकहरु