अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि जे देखियो (फोटो फिचर)

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अग्नि सापकोटा निर्वाचित भएका छन्। सभामुख पदमा सापकोटाको मात्र उम्मेदवारी परेकाले आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका थिए। गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार आरोप लागेपछि राजीनामा दिएका थिए।

सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच सहमति हुन नसकेपछि झन्डै चार महिनासम्म प्रतिनिधिसभाका लागि नयाँ सभामुखको चयन हुन सकेन। गत आइतबार मात्र नेकपाको सचिवालय बैठकले सापकोटालाई सभामुख उठाउने निर्णय गरेको थियो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष जोडबलमा सापकोटा सभामुखमा सिफारिस भएका हुन्।

संसद् सचिवालयले प्रकाशित गरेको कार्यतालिकाअनुसार सापकोटाले गत माघ ७ गते सभामुखका लागि उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेसलगायत अन्य पार्टीको उम्मेदवारी नपरेपछि सभामुखमा सापकोटाको जित सुनिश्चित भएको हो।

 

सम्बन्धित शिर्षकहरु