काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि काठमाडौंको खुलामञ्चमा पार्किङ गन रोक लगाएउको छ। अकुपाइ टुँडिखेलका अभियान्ताहरूको महानगरपालिकालाई पत्रमार्पत अनुरवध गरेपछि महानगरले अनुगमन गरी खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको काठमाडौं महानगर वडा २८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए।
उननले भने, ‘महानगरका उपमेयर हरिपरभा खड्गीको टोलीले गत शनिबार अनुगमनपछि माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिएको सूचना जारी गरिएको छ। हामीले टुँडिखेल बचाउ अभियानसँग सहकार्य गरेका छौँ। खुल्लामञ्चमा बालबालिकाको लागि खेल्ने ठाउँ भएन।उनीहरुको खेल्ने ठाउँ खोसियो।’
उनका अनुसार वीर अस्पताल, हाइस्कुल र सर्वसाधारण समेत त्यही गएर निशुल्क पार्किङ गरेर बालबालिकाको वातारणीय अधिकार खोसेकाले पार्किङ निषेध गरिएको हो। तर बस पार्कको बारेमा भने अहिले कुनै निर्णय नगरेको बताए।







