दलहरुबीच छलफल जारी

जेठ २३ ।काठमाडौं, संविधानका प्रमुख दलहरुले संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने क्रम जारी रहेको छ । शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएर छलफल गर्न लागेको हो ।शुक्रबार साँझ बसेको ४ दलका शीर्ष नेताहरुको बैठकले विवादित विषयमा अन्य दलहरुसँग भोली शनिबार छलफल गर्ने निर्णय गरेका हुन्।
संविधानसभा भित्र रहेका दलहरुसँग शनिबार छलफल गरेर हामी फेरी बैठक बस्ने नेताहरुले बताएका छन । नयाँ संविधानका धेरै विषयहरु टुंगिएको जानकारी दिँदै सहमतिबाटै संविधान जारी हुने नेताहरुको भनाई छ । एमाले अध्यक्ष केपी ओलीले विवादित विषयमा दलहरु सहमति नजिक पुगेको बताउँदै अब सहमति हुने बढी सन्भावना रहेको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु