अस्ट्रेलियामा नेपालीसँग जोडीएर आएका केहि नकारात्मक सन्देशको वास्तविकता !अस्ट्रेलियामा सफल हुने सुत्रहरु के के हुन्!?(भिडीयो सहित )

सन्जीव अर्याल ।असनेपालन्युज ,सिड्नी ,अस्ट्रेलिया । आफ्नै वगैचामा यति राम्रो फुल फुलेको छ , तर अक्सर हाम्रो रोजाईले डांडा पारीको फुलमा मात्र सुवाष हुन्छ भन्ने ठान्छ । नजिकका प्रतिभाहरुलाई पनि खुलेर प्रोत्साहन गर्ने गरौं ।

अस्ट्रेलियामा आयोजित ‘उत्प्रेरणात्मक ‘कार्यक्रममा सफल व्यवसायी बन्न सफल डा किरण थापाले “मिलियन ” कसरि बन्न सक्ने भनेर यस्तो सूत्र दिनु भएको छ । उहांले सो उत्प्रेरणात्मक कार्यशालामा दिनु भएको सन्देश यस्तो छ जसलाई ‘थ्राईभिङ सोच ले ‘ वाहिर ल्याएको हो ।
यस्तै विश्वका विभिन्न देशका उत्प्रेरणात्मक सेमिनार गरेर लाखौंंलाखको मन परिवर्तन गराउंन सफल बन्नु भएका अस्ट्रेलियाकै नेपाली उत्प्रेरक आचार्य राजन शर्मा ले अस्ट्रेलियाको सपना लाई कसरी सफल बनाउंने भन्ने सवालमा दिनु भएको चर्चित उत्प्रेरणात्मक भिडियो सन्देश यस्तो छ ।
अस्ट्रेलिया सबैका लागि चुनौंतिपूर्ण छ भन्ने हल्ला चलिरहंदा र नेपाली समुदायको नाम जोडेर नकारात्मक समाचार बनिंरहंदा उहांहरुको सन्देश सबैका लागि मार्ग दर्शक र सत्य जान्ने स्रोत बन्न सक्छ ।

  • कसरि हुने अरब पति !?
    तपाईं आँफै जस्तो बन्नुहोस्, अरु जस्तो होइन ।
    • जे मा सोख छ त्यसैलाई पेशा बनाउंनुस्।
    • आफ्नै स-साना उपायलाई गम्भिर भएर सोच्नुहोस् , त्यसैलाई आर्जनको बिषय बनाउंनुहोस्।
    • स्वास्थ्य र आरामलाई सन्तुलित बनाउंनुस्। अश्वस्थ शरीर सफलताको वाधक बन्न सक्छ ।
    • अरुले के पेशा गर भन्छन् सल्लाह लिने होइन सल्लाह आफ्नै मन र क्ष्यमता सँग सल्लह लिनुहोस्।
    • तपाईंको मन नगएको पेशा नछान्नुहोस् ,आँफै कहाँं रम्नु हुन्छ त्यहिं जम्नुस्।
    • धनाढ्य बन्न,ठुलो व्यवसाय हैन , स-साना व्यवसायलाई पनि फरक तरिकाले प्रस्तुत गर्नुहोस्।
    • फुर्सद हुंदा जे गर्नुहुन्छ , तपाईंको पेशा र सोख त्यहि हुन सक्छ ।
    • अनुतिर्ण र असफल हुन जहिल्यै तयार हुनुहोस्, फेल हुनासाथ फेरि उठन् तयार हुनुहोस्।
    • हरेक मान्छेको जीवनले एक ठुलो महानताको सांचो राखेको छ ।
    • जीवनको महान शक्तिलाई अस्ट्रेलियाको पिआर र भिसाको मलामि मात्र नबनाउं !

Source: The Mind Power Society , Thriving Soch, Muna Madan Creation Channel

सम्बन्धित शिर्षकहरु