एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, को हुन् अध्यक्ष पन्त ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अधिकाशं पदमा आफ्नै समुहकै पदाधिकारी सहित विजयी भएका पन्तले १२१७ मत ल्याए । उनले प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरे । आचार्यले एक हजार ७० मत ल्याए । यसैगरी महासचिवमा पन्त प्यानलकै डा. हेमराज शर्मा विजयी भएका छन् ।

उनले ११३९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी जानकी गुरुङले १०५३ मत ल्याईन् । कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ १६५३ मत ल्याई विजयी भएका छन् । सहकोषाध्यक्षमा लोकप्रसाद दहाल ११८४ मत ल्याएर विजयी भएका छन् । विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु ७०२, युवा संयोजकमा हिमाल गुरुङ ७६८ मत ल्याएर विजयी भएका छन् ।
को हुन् अध्यक्ष पन्त ?

गोरखा फुजेलका स्थायी बासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसाय गर्दै आएका छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

पन्तले उम्मेदवार हुँदा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्र सार्वजनिक गरेका थिए । निर्वाचित भएपछि पन्तले आफुले गरेको प्रतिबद्धता पूरा गर्ने जनाएका छन् ।

उनी सन् १९९७ मा पढ्न ग्रीस गएका थिए । केही महिना ग्रीस बसेर उनी जर्मनी गए । उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरे । जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे । कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर भएर काम गरे । त्यसपछि उनले आफैंले होटल किने ।

३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तका अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्ड लगायत देशमा २९ वटा होटल छन्।

सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने। केही महिनापछि उनी संयोजक बने । सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित भएका उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव बनेका थिए ।

सम्बन्धित शिर्षकहरु